हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१६, हटियामा रहेको रेडरोज इङ्गलिस बोर्डिङ स्कूलका विद्यार्थीले छुवाछुतविरुद्ध र्याली र सडक नाटक प्रदर्शन गरेका छन् । सोमबार राष्ट्रिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा विद्यालयले र्यालीतथा सडक नाटकको आयोजना गरेको हो ।
विद्यालयबाट सुरु भएको र्याली चिसापानी हुँदै रंगशालाबाट विद्यालय पुगेर सम्पन्न भएको विद्यालयकी प्रध्यानध्यापक सरिता भण्डारीले जानकारी दिनुभयो । विद्यालयको कक्षा ८ र ९ का करिब ७० जना विद्यार्थीको र्यालीमा सहभागिता रहेको थियो । र्यालीमा विद्यार्थीले विभिन्न पम्प्लेट प्रस्तुत गर्दै सचेतना कार्यक्रम गरेका थिए । विद्यार्थीले चिसापानीमा भेदभाव तथा छुवाछुत विरुद्ध सडक नाटकसमेत प्रदर्शन गरेका भण्डारीले बताउनुभयो । रेडरोज इङ्गलिस बोर्डिङ स्कूलमा ७ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।