हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेटमाथि छलफल हुने कार्यतालिका रहेको
छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजित बजेट माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेपछि छलफल हुने बागमती प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
हिजो बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारको गल्तीहरुलाई स्विकार्न भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले सभा करिब १ घण्टा अवरुद्ध गरेको थियो । हिजो नै प्रदेश सभा बैठकले अन्तरप्रदेश वासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधाको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेकक सभाबाट सर्वसम्मत रुपमा पारित गरेको थियो ।