गाउँसभामा सहभागीहरु ।

हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति, कार्यक्रम र वजेट सोमबार पारित गरेको छ । असार १० गते छैठौं गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले प्रस्तुत भएको नीति, कार्यक्रम तथा वजेट छलफलपछि सोमबार गाउँसभाबाट सर्वसम्मत स्वीकृत भएको गाउँपालिकाले जनाएको छ ।

सोमबार गाउँपालिकाका अध्यक्ष टंक मुक्तानको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ४३ करोड ७२ लाख ५९ हजार बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले चालुतर्फ ७ करोड २३ लाख विनियोजन गरेको छ ।