हेटौँडाः बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी हेटौँडामा सुरु भएको छ । मंगलबार र बुधबार दुइदिन सञ्चालन हुने गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका सुरक्षाप्रमुखहरुले जिल्लागत सुरक्षा अवस्थाको प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।
संघीय सरकारको गृहसचिव एकनारायण अर्यालको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा गोष्ठीको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारको आन्तरिक ममिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । उद्घाटन समारोहलाई मुख्यमन्त्री जम्कट्टेलले सम्बोधन समेत गर्नुभएन । सुरक्षा गोष्ठीको समापनमा सञ्चारकर्मीहरुलाई बैठकका निश्कर्ष सार्वजनिक गर्ने बताइएको छ ।