भेटिएको मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै प्रहरी ।

हेटौंडाः मकवानपुर प्रहरीले सुरक्षाजाँचको क्रममा कागजपत्र नभएको मोटरसाइकल नियन्त्रणमा लिई सम्बन्धित धनीलाई बुझाएको छ । गत बिहीबार बकैया–३ स्थित हात्तीसुँडेमा सुरक्षाजाँचको क्रममा नियन्त्रणमा लिएको बागमती प्रदेश ०२–०२१ प ६६८३ नम्बरको पल्सर मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो ।

सोमबार इलाका प्रहरी कार्यालय फापरबारीले मोटरसाइकल धनी भक्तपुरको भक्तपुर नगरपालिका–१७ का ६६ वर्षीय रत्नभक्त शिलाकारलाई उक्त मोटरसाइकल बुझाएको हो । गत बिहीबार इलाका प्रहरी कार्यालय फापरबारी तथा प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको संयुक्त प्रहरी टोलीले बकैया–३, हात्तीसुँडेस्थित सुरक्षाजाँचको क्रममा उक्त मोटरसाइकलको कागजात नभएको पाइएपछि नियन्त्रणमा लिएको थियो ।