असार १० गते बसेको नगर सभामा सहभागी नगर सभाका सदस्यहरु ।

हेटौंडाः आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट माथि छलफल गर्ने गरी हेटौंडा उपमहानगरपालिकाको नगर सभा आज बस्दैछ । आज ११ बजेदेखि नगरसभा सुरु हुँदैछ । संवैधानिक प्रावधानअनुसार असार १० गते आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको उपमहानगरपालिकाले नगरसभाका सदस्यलाई केही दिन अध्ययनका लागि अवसर प्रदान गर्ने गरी आज बैठक आव्हान गरेको हो ।

असार १० गते प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेटमा आवश्यक छलफल गरेर पारित गर्ने गरी बैठक बस्न लागेको हेटौंडा उपहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभएको छ । यस्तै आज बस्ने नगरसभाले केही ऐनहरु पनि पारित गर्ने उपमेयर मीनाकुमारी लामाले बताउनुभएको छ ।