हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौंडाको कार्यालय परिसरमा भएको कन्क्लेभ सम्पन्न भएको छ । बिहीबार भएको कन्क्लेभमा गायिका अञ्जु पन्तको पनि उपस्थिति रहेको थियो ।
अमेरिका, युरोप, अष्ट्रेलियालगायत देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्ने संस्था राइटपाथ करिअर काउन्सिलिङले हेटौंडामा ग्राण्ड एजुकेशन कन्क्लेभको आयोजना गरेको हो । कार्यक्रममा ३ सय ५० भन्दा धेरै मानिसहरु परामर्श लिन सहभागी भएका थिए ।
काठमाडौंबाट सुरु भएको कन्क्लेभ धनकुटा, हेटौंडा, चितवन, बुटवल, दाङ, ललितपुर हुँदै सम्पन्न हुने राइटपाथका सल्लाहकार सन्दिप पोखरेलले जानकारी दिनुभयो । कन्क्लेभ राइटपाथले निःशुल्क गरेको थियो । कार्यक्रममा ८० भन्दा धेरै देशहरुका विश्वविद्यालय प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने प्रतिनिधिहरुले परामर्शसमेत दिएका थिए ।
१२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको रुपमा कन्क्लेभको आयोजना गरेको हो ।