सांकेतिक तस्वीर ।

हेटौँडाः धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, शितलबजारस्थित त्रिशुली नदिको किनारमा एक बालकको शव फेला परेको छ । बुधबार दिउँसो ४ बजेको समयमा नदिको किनारमा अन्दाजी ५ वर्षीय बालकको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बालकको सनाखत हुन नसकेको प्रहरीले जानकारी गराएको छ । शव सडेगलेको अवस्थामा फेला परेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।