सांकेतिक तस्वीर ।

हेटौंडाः गत बिहीबार हेटौँडा–५, पिप्लेमा दुर्घटनामा परी घाइते भएका लाल बहादुर वाईबाको मृत्यु भएको छ।

गत बिहीबार दिनको ३ बजेर ३० मिनेटको समयमा हेटौँडा–५, बाँनियाटोलमा पार्किङ गरी राखेको ना ४ च ४१४२ नम्बरको गाडीमा बा प्र ०३(००१ त ३१८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा ट्याक्टर चालक हेटौँडा–५, शान्तिनगरका ५२ बर्षीय लाल बहादुर वाईबा गम्भीर घाइते भएका थिए।

चितवन जिल्लास्थित पुरानो मेडिकल कलेजमा उपचाररत बुधबार दिनको २ बजेर ४६ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।