Home मुख्य समाचार आधुनिकका प्रधानाध्यापक गुरागाईका योजना, अभिभावकसँगको अन्तरक्रिया साह्रै राम्रो उपलब्धी

आधुनिकका प्रधानाध्यापक गुरागाईका योजना, अभिभावकसँगको अन्तरक्रिया साह्रै राम्रो उपलब्धी

रामसागर गुरागाई प्रधानाध्यापक, आधुनिक राष्ट्रिय मावि

शैक्षिकसत्र २०८० का लागि तय गरेका योजना भनेको भौतिक व्यवस्थापन र विद्यार्थी भर्नाको योजना थियो । २०७९ सालको एसईईमा ३ सय ५१ जना विद्यार्थी सहभागी भएका थिए । शैक्षिक सत्रमा ३ सय ५५ जना विद्यार्थीमात्र भर्ना गर्ने भन्ने हाम्रो योजना थियो । अर्को विद्यार्थी संख्या र कक्षा संख्या बढिरहँदा फेरी हामीले ८ जना निजी श्रोतका शिक्षकका लागि विज्ञापन गर्ने भन्यौ किनकी हामीले अघिल्लो वर्ष हाम्रो विद्यार्थीहरुको संख्या धेरै बढी थियो ।

विद्यार्थीहरुको संख्या ६०, ६५ थियो । प्राथमिक तहमा चाहिँ आगामी वर्षदेखि ३५ गर्नुपर्छ भनेर विद्यार्थीहरुलाई कक्षाको संख्या फोडेर सेक्सन बढाएर शिक्षकहरु थप्यौं । इसीडीको कक्षा सुधार र खेल सामग्री व्यवस्थापन गर्ने कार्ययोजना थियो । पहिले इसीडी अत्यन्त कमजोर थियो । अहिले नमुना इसीडीको रुपमा विकास भएको छ । बाहिरबाट कोही साथीहरु आउनुभयो भने आधुनिक राष्ट्रिय माविको इसीडी कक्षा हेर्न जानुपर्छ भन्ने हिसाबले हामीले तयारी गरेका छौ । विषयगत विभाग गठन र कार्यविभाजनको नीति पनि थियो । शैक्षिक सत्र २०८० मा हामीले कक्षा–११ मा विज्ञान विषय स्विकृत गर्ने कार्ययोजना थियो ।

शैक्षिकसत्र २०८० का लागि योजनाको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना ५ वटा नयाँ कक्षाकोठा थप निर्माण र कक्षा सञ्चालन, एक सय थान नयाँ डेक्स बेन्जहरुको निर्माण र प्रयोग, स्थानीय पत्रपत्रिका विज्ञापन प्रकाशित गरी आयोगको छनोट प्रक्रिया अनुसार शिक्षक छनोट, इसीडी कक्षमा इनर आउटर र खेल सामग्रीहरु व्यवस्थापन लगायत हामीले करिब १२ लाख रुपैयाँ अघिल्लो बर्ष इसिडी कक्षालाई मात्रै लगानी गरेका थियौं । कक्षा ११ मा ५१ जना विद्यार्थी भर्ना भएर अहिले लगभग सबै ५१ जना विद्यार्थी नै हाम्रो विज्ञान विषयमा अध्ययनरत छन् । शैक्षिक शत्र २०८० को महत्वपूर्ण उपलब्धी विषयगत विभाग गठन र जिम्मेवारी बहन गरेकोले साथै सम्पूर्ण योजना कार्यान्वयनमा आएको छ ।

आधुनिक राष्ट्रिय माविमा ५ वटा विभागहरु छन् । विभागको समन्वयले गर्दा फेरी धेरै गतिविधिहरु चाहिँ सामुहिक प्रयत्नमा जाने र प्रधानाध्यापकको कार्यवोझ धेरै हलुको भएको छ । कक्षागत र तहगत संयोजकको व्यवस्था र हाम्रो अहिले हरेक कक्षामा १ वटा घण्टीमा ५८ वटा कक्षा संचालन हुन्छ र ५९ जना हाम्रो कक्षाको संयोजक हुनुन्छ । उहाँहरुलाई हामीले तालिका दिएका छौं । त्यस अनुसार उहाँहरुले कक्षामा पढाउनु हुन्छ ।

कक्षामा उपस्थित नभएका विद्यार्थीहरुको अभिभावकहरुलाई हामीले फोन मार्फत जानकारी र पिटीएको सदस्य बिहान ११ बजे आउनु हुन्छ । ६ दिनको समय तालिका अनुसार र एउटा परामर्श कक्षमा फोन जडान गरिएको छ । ११ बजेभित्र सबै रजिष्टरमा हाजिर भएर आउँछ र उहाँहरुले आज कोको विद्यार्थीहरु अनुपस्थित भएका छन् अभिभावकलाई फोन गर्नुहुन्छ । अपेक्षा भन्दा पनि राम्रो अध्ययन गरी विज्ञान विषय सकारात्मक रुपमा छ । अन्य विद्यालयहरुमा भर्ना भएका विद्यार्थीहरु पनि पछि उहाँहरुले साथीहरुसँगै पछि बुझेर अन्य क्षेत्रमा छोडेर भर्ना गरिसकेको पैसा पनि छोडेर पुनः आधुनिकमा आएर भर्ना हुनुभयो । सिकाई उपलब्धीमा वृद्धि भएको, तोकिएको अनुसार सक्षमता हासिल भएको, सबै कक्षाको अभिभावक भेलाहरु सम्पन्न भएको र सबैभन्दा कम ३ पटक अभिभावक भेला भएको छ । कक्षा–१० को अन्तरक्रिया छलफल कार्यक्रम ८ पटक सम्म भएको छ । जसकारण अभिभावक र हाम्रो अन्तरक्रिया अहिले साह्रै राम्रो उपलब्धीको रुपमा रहेको छ ।

शैक्षिक सत्र २०८० का लागि तय गरिएको उद्देश्यहरु हासिल गर्न नसक्नुमा बढ्दो विद्यार्थीहरुको संख्या, कक्षागत चापको कारण, विद्यार्थीहरुको संख्या अनुसार शिक्षक व्यवस्थापन हुन नसक्नु, शिक्षकहरुको र नीजि श्रोतमा हामीले हरेक वर्ष ८ जना १० जना विज्ञापनहरु थप्दै लग्छौं । अनि शिक्षक व्यवस्थापनमा कठिनाई हुन्छ । शिक्षक आउने जाने चाहिँ हामीलाई साह्रै कठिनाईको रुपमा रहेको छ । एउटै शिक्षकबाट वर्षैभरी एउटै कक्षामा शिक्षण गराउन पाउने अवस्था रहेन । अघिल्लो पटको चुनौती अपेक्षा गरेको श्रोत र साधन उपलब्ध हुन नसकेको, जति हामीले स्थानीय तह वडा पालिका वा अन्य निकायहरुबाट अपेक्षा गरेका हुन्छौं त्यो चाहिँ अपेक्षामा मात्रै रहिरह्यो र प्राप्त हुन सकेन ।

बन्द, हड्ताल, शोक सभा र गर्मी विदाका कारणले गर्दा तोकेको पाठ्यक्रमको समय नपुग्नु जस्तो हामीले सबै कुराको मूल्याङ्कन गरिसक्यौं । २ सय ७ दिन परीक्षादेखि बाहेकको पाठ्य घण्टा चनाउने भन्ने थियो तर फेरी जम्मा १ सय ९२ दिन मात्र पुग्यो । कक्षा १० मा २ सय ९२ हाजिरको दिन पुग्दा अन्य कक्षाको हाजिरी १ सय ९२ मात्र पुगेको थियो । हाम्रो पहिले लक्ष्य थियो २ सय ७ दिन पुर्याउने भन्ने थियो तर यो पनि एउटा चुनौती रह्यो । विशेषगरी तल्ला कक्षाहरुमा विद्यार्थीहरुको अनुपस्थितिदर घटाउन नसक्नु माथिल्लो कक्षाहरुमा त्यस्तो अनुपस्थिति छैन तर तल्लो कक्षहरुमा दशमलवको मा छ । तल्लो कक्षाहरुमा विद्यार्थीहरु अनुपस्थिति बढी छ ।

चालु शैक्षिक शत्रको सिकाई कक्षागत विद्यार्थीहरुको संख्या ३५ आधारभुत तहमा र ४५ माध्यमिक तहमा हुनुपर्नेमा भन्ने कुराहरु सिकाईको रुपमा रहयो । कक्षागत, तहगत, विषयगत संयोजकहरुलाई दिएको चार्ट अत्यनतै राम्रोसँग पालना भएको पायौं हामीले ।

(२०८० चैत २५ गते आयोजना गरिएको कार्यक्रममा हेटौँडा–४, स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको योजना प्रस्तुती कार्यक्रममा प्रधानाध्यापक रामसागर गुरागाईले प्रस्तुत गर्नुभएको विवरणको सम्पादित अंश)

Exit mobile version