हेटौँडाः दोस्रो बागमती प्रदेश युवा सम्मेलन २०८१ सुरु भएको छ । हेटौँडामा आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्मेलनको उद्घाटन गर्नुभयो ।
बागमती युवा परिषदको आयोजनामा भएको सम्मेलनमा बागमती प्रदेशको ११९ पालिकामध्ये ९१ पालिकाबाट २ सय युवाको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा बहस, अन्तर्क्रिरया, सफलताको कथा कथन, हेटौँडा सम्पदा यात्रा हुनेछ ।
परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, परिषदको अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानसँगै प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।