हेटौंडाः हेटौंडा–७ स्थित किरण टोल विकास संस्थाले ३५ जना आमाहरुलाई सम्मान गरेको छ । मातातीर्थ औंसीको अवसरमा सोमबार एक कार्यक्रम गरेर आमाहरुलाई सम्मान गरेको संस्थाका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो ।
आमाको मुख हेर्ने दिनमा खुवाइने परिकार र दोसल्ला ओढाएर आमाहरुलाई सम्मान गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । ५० वर्षमाथिका ३५ जना आमालाई समान गरिएको हो । उहाँका अनुसार छोराछोरीको माया नपाएका र असहाय आमाहरुलाई मातातीर्थ औंसीको अवसरमा सम्मान गरेको हो ।
अध्यक्ष अधिकारीले संस्थाले कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिनमा पनि बा सम्मान कार्यक्रम आयोजना गर्ने बताउनुभयो । संस्थाले नेतृत्व विकास तालिम, संस्थाका सदस्यहरुलाई सहुलियतमा व्यवसाय सञ्चालन गर्न १ लाख रुपैयाँ ऋण दिनेजस्ता कार्यहरु गर्दै आइरहेको छ ।
हेटौंडा–७ का वडा सदस्य राधिका विकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रब अधिकारी र सचिव शिवहरि दाहालको पनि आतिथ्य रहेकोे थियो ।