सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–९, ठूलोचौरमा लोडरले च्यापिएर हेल्परको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा चित्लाङ–थानकोट सडकखण्डमा सडक मर्मतको काम गर्दै गरेको काठमाडौं सडक डिभिजनको आर. डी. १०१–०३८ नम्बरको लोडरले ग्राबेल सम्याउने क्रममा आफै अनियन्त्रित भई पल्टिँदा लोडरको हेल्परको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिका–६ का २८ सागर भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ । प्रहरीले लोडर चालक ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१२ का ५६ वर्षीय धर्मभक्त महर्जनलाई नियन्त्रणमा लिएको छ ।