हेटौंडाः हेटौंडा–१७, ठूलो गङ्गटेस्थित बालबोध माध्यमिक विद्यालयमा मनिटर तथा क्याप्टेन चयन गरिएको छ । शुक्रबार विद्यालयमा मतदानबाट कक्षा ४ देखि कक्षा १० सम्मको मनिटर र विद्यालयको क्याप्ेटन तथा भाइस क्याप्टेन चयन गरिएको विद्यालयका प्रधानाध्यापक दीपकलाल श्रेष्ठले जानकारी दिनुभयो ।
कक्षा ४ देखि १० कक्षासम्मको क्याप्टेनमा युजिन रानालाई हराउँदै अविराज गौतम चयन हुनुभएको छ । रानाले ७४ मत प्राप्त गर्नु भएको थियो भने गौतमले १ सय १४ मत प्राप्त गर्नु भएको थियो । यस्तै, भाइस क्याप्टेनमा जेनिशा अर्याललाई हराउँदै क्रिविना गोले चयन हुनुभएको छ । अर्यालले ९८ मत प्राप्त गर्नु भएको थियो भने गोलेले १ सय १३ मत प्राप्त गर्नु भएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार भएको निर्वाचनमा कक्षा ४ बाट विकिशा शाहीलाई हराउँदै निरोज घलान मनिटर बन्नु भएको छ । मतदानमा शाहीले ५ मत प्राप्त गर्नु भएको थियो भने घलानले १८ मत प्राप्त गर्नुभएको थियो । यस्तै, कक्षा ५ बाट कुसुम अधिकारीलाई हराउँदै समर्पण मिश्र मनिटर बन्नु भएको छ । मतदानमा अधिकारीले ४ मत प्राप्त गर्नु भएको थियो भने मिश्रले २१ मत प्राप्त गर्नु भएको थियो ।
कक्षा ६ बाट सुमन गुप्तालाई हराउँदै कीर्तन ढुङ्गाना मनिटर बन्नु भएको छ । मतदानमा गुप्ताले ५ मत प्राप्त गर्नु भएको थियो भने ढुङ्गानाले १८ मत प्राप्त गर्नु भएको थियो । कक्षा ७ बाट रोशनी तिमल्सिनालाई हराउँदै सुगम भुजेल मनिटर बन्नु भएको छ । मतदानबाट तिमल्सिनाले १२ मत प्राप्त गर्नु भएको थियो भने भुजेलले १४ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै, कक्षा ८ बाट दिप्सन भुजेललाई हराउँदै क्रिष्टिना गोले मनिटर बन्नु भएको छ । भुजेलले १५ मत प्राप्त गर्नु भएको थियो भने गोलेले २३ मत प्राप्त गर्नु भएको थियो । कक्षा ९ मा शितल आचार्यलाई हराउँदै रोहन विक मनिटर चयन हुनु भएको छ । मतदानबाट आचार्यले १३ मत प्राप्त गर्नु भएको थियो भने विकले ३५ मत प्राप्त गर्नु भएको छ ।
कक्षा १० को क्याप्टेनमा आयुष पुडासैनी चयन हुनु भएको छ । सिजन अर्याललाई हराउँदै पुडासैनी विजयी हुनुभएको हो । अर्यालले ६ मत प्राप्त गर्नु भएको थियो भने पुडासैनीले २३ मत प्राप्त गर्नुभएको छ । मतदान कार्यक्रममा विद्यालयका निर्वाचन संयोजक गोपाल भुजेलको अध्यक्षता रहेको थियो ।