सामाजिक संजाल फेसबुक मार्फत अस्वीकार गरिएको तस्वीर

हेटौँडाः भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले घोषणा गरेको पुरस्कार साहित्यकार आरआर चौलागाईले अस्वीकार गर्नु भएको छ । आफु उक्त पुरस्कारका लागि योग्य नभएको भन्दै साहित्यकार चौलागाईले बुधबार बिहान सामाजिक संजाल फेसबुक मार्फत पुरस्कार अस्वीकार गरेको घोषणा गर्नुभएको हो ।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गरेर ४ वटा नयाँ र ७ वटा नियमिततर्फ गरी ११ विधामा पुरस्कार घोषणा गरेको थियो । चौलागाईलाई १५ हजार राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार दिने घोषणा गरिएको थियो । उक्त पुरस्कारका लागि आफु योग्य नभएको भन्दै चौलागईले पुरस्कारको अस्वीकार गर्नुभएको हो ।