सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा बसको ठक्करबाट घाइते भएका भीमसेन बजगाईंको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार साँझ ७ बजेर ३५ मिनेटको समयमामा हेटौंडा–११ स्थित सीएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा बजगाईको मृत्यु भएको हो ।

शुक्रबार हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा २ ख ६९४३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट चालक बकैयाका नगर प्रहरीसमेत रहेका बकैया–५, भडौराका ३५ वर्षीय बजगाईंको टाउको र अनुहारमा चोट लागि गम्भीर घाइते भएका थिए । शवको पोष्टमार्टम सोमबार भएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।