बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा दोस्रो संस्करणको ७ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । बकैयाको रिभर साइड युवा क्लबको आयोजनामा आगामी जेठ ५ गतेबाट प्रतियोगिता सुरु हुने भएको हो ।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न बाहिरी जिल्लाको टिमहरुले पनि सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा सहभागी जनाउनका लागि टिमदर्ता शुल्क ३ हजार ५ रुपैयाँ तोकिएको छ । प्रतियोगितामा १५ देखि २० वटा टिमहरु सहभागी हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा सहभागी जनाउनका लागि जेठ ३ गतेसम्म टिमदर्ता गराइसक्नुपर्ने जनाइएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
गत वर्षको प्रतियोगितामा ११ वटा टिमहरुको सहभागिता रहेको थियो । गत वर्षको प्रतियोगिताको उपाधि आयोजक हरियाल युवा क्लबले जितेको थियो भने तीनतले क्लब उपविजेता भएको थियो । प्रतियोगिता बकैया–४ स्थित हात्तीसुँडे खेलमैदानमा हुनेछ ।











