हेटौंडाः नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको वडा कमिटी गठन भएको छ । समाजले बकैया गाउँपालिका वडा नम्बर ४ मा कमिटी गठन गरेको हो ।
शनिबार गाउँपालिका कमिटीका अध्यक्ष अर्जुन सेन्चुरीको अध्यक्षता तथा जिल्ला कमिटीका उपाध्यक्ष पदम विकको प्रमुख आतिथ्यमा नयाँ कार्यसमिति चयन भएको हो । वडा कमिटीको अध्यक्षमा मञ्जु विक चयन हुनुभएको छ । विकको नेतृत्वमा १४ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा सुनिता सुनार, सचिवमा सीता विक, उपसचिवमा अस्मिता विक र कोषाध्यक्षमा दुर्गा रसाइली चयन हुनुभएको छ । यस्तै, कमिटीको सदस्यहरुमा सावित्री विक, पार्वती परियार, अञ्जु विक, सुन्तलीमाया विक, चित्तमाया लुङ्गेली, पार्वती सुनार, चन्द्रमाया रसाइली, माया विश्वकर्मा र विक्रम सुनार चयन हुनुभएको छ । कमिटीको कार्यकाल ३ वर्षको हुनेछ । नेपाल उत्पीडित जातीय मुक्ति समाजले दलित समुदायको हक हितमा विभिन्न कार्य गर्दै आएको छ ।