ध्रुव नारायण श्रेष्ठ ।

हेटौँडाः नेपाल औषधी व्यवसायी संघ बागमती प्रदेशको अध्यक्षमा ध्रुव नारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । शुक्रबार र शनिबार हेटौँडामा भएको दोस्रो अधिवेशनले श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । १७ सदस्यीय प्रदेश समितिमा ९ जना सर्वसम्मत निर्वाचित भएका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा शिव प्रसाद पण्डित, थोक आयाततर्फ उपाध्यक्षमा बद्री प्रसाद श्रेष्ठ, खुद्रातर्फ उपाध्यक्षमा नवराज खनाल, महासचिवमा राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । यस्तै संघको कोषाध्यक्षमा राजेशभक्त श्रेष्ठ, सचिवमा विनोद लामिछाने, उपकोषाध्यक्षमा राजु अधिकारी निर्वाचित हुनुभएको हो ।

थोक आयात सदस्यमा कपिल सुवेदी, संघर्ष गुरुङ, खुद्रा सदस्यमा धर्बिन्द्र वन, सुधीर दाहाल निर्वाचित हुनुभएको छ भने खुल्लातर्फ सदस्यहरूमा पञ्च कुमार श्रेष्ठ, रवि दास श्रेष्ठ, जीवन महर्जन, अनिलमान श्रेष्ठ र महिलातर्फ पार्वती श्रेष्ठ सदस्य निर्वाचित हुनुभएको छ । नयाँ कार्य समितिको कार्यकाल ३ वर्षको हुनेछ । शुक्रबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन समारोह भएको थियो ।