प्रधानाध्यापक उप्रेतीलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै जानकी गिरी ।

हेटौँडाः हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयको “विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष” मा विद्यालय व्यवस्थापन समिति सदस्य जानकी गिरीले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

गिरीले आफ्नो जन्मदिनको अवसरमा पारेर शुक्रबार विद्यालयलाई सहयोग गर्नुभएको हो । गिरीले विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । विद्यालयले स्थापना गरेको अक्षयकोषमा ३८ हजार रुपैयाँ संकलन भइसकेको छ । अक्षयकोषको आम्दानीले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभएको छ ।