सहयोग गरिएको सगरमाथा एफसीले जर्सी लिएर तस्वीर खिचाँउदै

हेटौंडाः हेटौंडा फुटबल एकेडेमीलाई अष्टे«लियाको सगरमाथा एफसीले जर्सी सहयोग गरेको छ । हेटौंडा–४ स्थित हुप्रचौर घर भई हाल अष्ट्रेलिया बसोबास गर्ने निराजन श्रेष्ठले २५ थान जर्सी सहयोग गर्नुभएको हो ।

फुटबल पूर्वखेलाडी तथा अष्टे«लियाको सगरमाथा एफसीका सदस्य श्रेष्ठले फुटबल एकेडेमीका प्रशिक्षक भीम लामालाई २५ थान जर्सी हस्तान्तरण गर्नुभएको हो । अष्ट्रेलियाबाट हेटौंडा आएको समयमा शुक्रबार फुटबल एकेडेमीका प्रशिक्षार्थीहरुको उपस्थितिमा करिब १५ हजार रुपैयाँ बराबरको जर्सी सहयोग गर्नुभएको जनाइएको छ ।

विगत ९ वर्षदेखि फुटबल खेल विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका प्रशिक्षक लामाको बाल्यकालदेखिको मित्रसमेत रहनुभएका श्रेष्ठले एकेडेमीलाई सहयोग गर्नुभएको हो । फुटबल एकेडेमीलाई सहयोग गर्दै आउनुभएका श्रेष्ठले यसअघि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

फुुटबल एकेडेमीमा नियमित ९० जना खेलाडीहरु प्रशिक्षणका लागि आउने गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) यु–१७ का पूर्वखेलाडी समेत रहनुभएका लामाले फुटबल प्रशिक्षकमा एएफसी लाइसेन्स प्राप्त गर्नुभएको छ । एकेडेमीमा हाल जुनियर र सिनियर गरी ९० जना खेलाडीहरु फुटबल प्रशिक्षणका लागि आउने गरेका छन् ।

बिहान ६ बजेदेखि ८ बजेसम्म जुनियर खेलाडी र ८ बजेदेखि १० बजेसम्म सिनियर खेलाडीहरुलाई प्रशिक्षक लामाले प्रशिक्षण दिने गर्नुभएको छ । हेटौंडा फुटबल एकेडेमीमा भर्ना हुनका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क र एक वर्षसम्म मासिक शुल्क १ हजार रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । प्रशिक्षक लामाले ग्रासरुटदेखि नै खेलाडीहरु उत्पादन गर्दै आउनुभएको छ ।

खेलाडीहरुले कुनै पनि प्रतियोगितामा भाग लिनुपरेको अवस्थामा ट्याक्टिस ड्रिलगेम ट्रेनिङ र प्रतियोगिता नहुने खण्डमा आभारभूत ट्रेनिङ, डिफेन्डिङ, डिफेन्सिङ, आक्रमण ट्रेनिङ दिने गरेको लामाले बताउनुभयो । आफ्ना खेलाडीहरुले कुनै पनि फुटबल प्रतियोगिता खेलेपछि खेलाडीहरुबाट प्रतियोगितामा भएको गल्ती र समस्याहरुलाई बुझेर प्रशिक्षण दिने उहाँको भनाइ छ । मकवानपुर जिल्लामा फुटबल खेलाडी बन्न इच्छुकका लागि सक्रिय भूमिका निर्वाहमा कुनै प्रकारको दुविधा हुने काम नगरेको उहाँले दावी गर्नुभएको छ ।