हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको अध्यक्षमा खिलप्रसाद चौलागाई चयन हुनु भएको छ । बुधबार पालिकाभित्र रहेका ३७ वटा विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको भेलाले चौलागाईको अध्यक्षतामा महासंघ गठन गरेको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयाँलले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना, शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्य र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा महासंघ समिति गठन गरेको फुयाँलले जानकारी दिनुभयो । महासंघको उपाध्यक्षमा सोममाया थिङ, सचिवमा चन्द्रबहादुर, कोषाध्यक्ष सुकुराम थिङ चयन हुनुभएको छ । सदस्यहरुमा जीतबहादुर लामा लो, राजाराम मोक्तान, रामबहादुर भोम्जन, गुञ्जन लुङ्बा, युवराज सापकोटा, नकुल चौलागाईं र नरबहादुर स्याङ्तान चयन हुनुभएको छ ।
कार्यक्रम सामुदायिक विद्यालय महासंघका केन्द्रीय अध्यक्ष गुणराज मोक्तानको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन (नेपाली)को प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक एवम् वडा नम्वर १ का वडाध्यक्ष आइत सिंह लोकोे विशेष आतिथ्य रहेको थियो ।