हेटौँडाः विश्व प्रयोगशाला दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहमा प्रयोगशाला विषय अध्ययनरत विद्यार्थीहरूको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
हेटौँडा अस्पतालको सहयोग र रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । दिवसको अवसरमा बिहान प्रतिष्ठानका विद्यार्थीहरुले प्लेकार्डसहित टिसिएनरोड, सिमाचोक, बुद्ध चोकहुँदै हेटौँडा अस्पतालमा पुगेर र्याली सम्पन्न भएको थियो । प्रतिष्ठानले मंगलबार साँझ बुद्धचोकमा दीप प्रज्वलन गर्ने प्रतिष्ठानका विद्यार्थी अमर पुनले जानकारी दिनुभयो ।