जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा लागूऔषध अफिम बेवारिसे अवस्थामा फेला परेको छ ।

आइतबार राति ७ बजेको समयमा बयरको रुखको फेदमा निलो झोला रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई हेर्दा १ सय ९५ ग्राम लागुऔषध अफिम बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बरामद भएको लागूऔषध अफिम इलाका प्रहरी कार्यालय मनहरीमा लगेर थप अनुसन्धान तथा बुझ्ने कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।