Home मुख्य समाचार राप्रपा नेपाल मकवानपुरमा चार जना मनोनित

राप्रपा नेपाल मकवानपुरमा चार जना मनोनित

रिक्त रहेको प्रवक्ता पदमा प्रल्हाद बानियाँलाई नियुक्त गर्नुहुँदै राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले रिक्त रहेको पदमा चार जनालाई मनोनित गरेको छ । आइतबार बसेको पार्टी जिल्ला कार्यसमितिको बैठकले चार रिक्त पदमा मनोनित गरेको पार्टीका सचिव भृगु कार्कीले जानकारी दिनुभयो ।

राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले रिक्त रहेको प्रवक्ता पदमा प्रल्हाद बानियाँलाई नियुक्त गर्नुभएको छ । यस्तै, इन्दिरा पाठकलाई सहकोषाध्यक्षमा नियुक्त गर्नुभएको हो । गीता सापकोटा र भगवान बर्ताैला सदस्य पदमा मनोनित हुनुभएको सचिव कार्कीले जानकारी दिनुभयो ।

यसअघि नै ४० सदस्यीय जिल्ला पार्टी समिति गठन भएपनि उक्त पदहरु रिक्त रहेको थियो । मनोनित हुनेहरुको पद आगामी महाधिवेशनसम्म रहनेछ । राप्रपा नेपालले आगामी फागुन महिनामा अधिवेशन गर्ने तयारी थालेको छ ।

आइतबार बसेको बैठकले मकवानपुरका सबै स्थानीय तह र वडा तहमा समिति गठन गर्न आवश्यक तयारी थाल्ने निर्णय गरेको सचिव कार्कीले बताउनुभयो । यस्तै, पार्टीका पुराना सदस्यहरुलाई फेरि पार्टीमा जोड््ने गरी तयारी थाल्ने उहाँले बताउनुभयो ।

Exit mobile version