हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७७/७८ बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–८, चन्द्रोदय माविमा प्याराफिट सहितका खेलकुद प्रशिक्षण केन्द्रनिर्माण गर्न आगामी वर्षको बजेटमा २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै हेटौंडा–४ को कभर्डहलको बाँकि निर्माण कार्य पुरा गर्न १ करोड बजेट विनियोजन गरेको छ । उपमहानगरले राष्ट्रपटी रनिङ शिल्ड प्रतियोगिता, मेयर कप फुटबल प्रतियोगिता, स्थानिय तह शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता तथा खेलाडी सम्मान एवं पुरस्कार कार्यलाई अगामी वर्षमा पनि निरन्तरता दिने हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले बताउनुभयो ।