Home अर्थ/व्यापार आगामी वर्षदेखि हेटौंडा उपमहानगरका गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्स–रे सेवा

आगामी वर्षदेखि हेटौंडा उपमहानगरका गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्स–रे सेवा

हेटौंडाः बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी वर्ष २०७७/७८ को लागि २ अरब ८ करोड ६५ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभामा आज उपमेयर मिनाकुमारी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्नुभएको हो ।

आगामी आर्थिक वर्षमा हेटौंडा उपमहानगरले कोरोना रोकथाम तथा नियन्त्रण र विपद व्यवस्थपन गर्न २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै हेटौंडा उपमहानगरपाकिलो आगामी वर्षमा कोरोनाले प्रभाव पारेका विद्यालयका बालबालिकाहरुलाई कोरोना भाइरसले उत्पन्न भयलाई न्यूनिकरण गर्न मनोपरामर्श कार्यक्रमलाई जोड दिएको छ ।

त्यस्तै चालु वर्षबाट सुरु गरिएको सिमान्तकृत, लोपोन्मुख र आर्थिक रुपमा विपन्न परिवारको निशुल्क १ लाखको स्वास्थ्य बिमा आगामी वर्ष ३ सय परिवारलाई गर्ने भएको छ । त्यस्तै नगरक्षेत्रका गर्भवती महिलाहरुलाई निशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिने भएको उपमेयर लामाले बताउनुभयो ।

Exit mobile version