हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–८, बगर्जुन जङ्गलमा गैंडाले आक्रमण गरी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्लाको आरुघाट गाउँपालिका–८, पोखरी घर भई हाल रत्ननगर नगरपालिका–६ सौराहामा डेरा गरी बस्दै आएका ३३ वर्षीय सुवास रेग्मी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
रेग्मी जंगल वल्र्ड रिसोर्ट सौराहामा गाईडको काम गर्दै आएका थिए । शनिबार बिहान ११ बजेर ५० मिनेटको समयमा गैंडाको आक्रमणमा गरी गम्भीर घाईते भएका रेग्मीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ पठाइएकोमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।