Home खेलकुद अन्तरप्रदेश फुटबल प्रतियोगिताः सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा प्रवेश

अन्तरप्रदेश फुटबल प्रतियोगिताः सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा प्रवेश

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत्को हेटौंडामा जारी फुटबल प्रतियोगिताको फाइनलमा कोशी प्रदेश प्रवेश गरेको छ । बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी प्रदेश फाइनल प्रवेश गरेको हो ।

कोशीको जितमा पहिलो हाफको १४ औँ मिनेटमा एक गोल गर्दै निखिल तामाङले पहिलो अग्रता दिलाएका हुन् । पहिलो हाफको १५ औँ मिनेटमा अभिषेक तामाङले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच कमल खवास घोषित भएका छन् ।

प्रतियोगिताअन्तर्गत् आज बिहीबार दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते हुनेछ ।

Exit mobile version