हेटौँडाः नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको अध्यक्षमा पुनः गोविन्द विश्वकर्मा चयन हुनुभएको छ । सोमबार सम्पन्न आठौं जिल्ला सम्मेलनबाट विश्वकर्मा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
विश्वकर्माको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा सीताराम सुनार र पदम विकल चयन हुनुभएको छ । यस्तै सचिवमा सुहन विश्वकर्मा, कोषाध्यक्षमा ठाकुर कालिराज र उपसचिवमा सरु विश्वकर्मा र उषा नेपाली चयन हुनुभएको छ । नयाँ कमिटीको कार्यकाल ३ वर्षको हुनेछ ।
विद्यालय पुग्यो पाठ्यपुस्तकः हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीस्थित महेन्द्र माविमा नयाँ शैक्षिकसत्रका लागि विद्यार्थीलाई वितरण गर्न तयारी अवस्थामा राखिएको पाठ्यपुस्तक । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालयले पाठ्यपुस्तक लगिसकेका छन् ।