हेटौंडाः हेटौडा–१३ पदमपोखरी घर भएका मिसन क्षेत्रीको उपचारको लागि हेटौंडाका युवाहरुले सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको छ । विभिन्न व्यक्ति तथा संस्थामार्फत संकलित एक लाख दस हजार नौं सय सत्तरी रुपैयाँ सोमबार बिरामी बालकका आमा चम्पा क्षेत्रीलाई हस्तान्तरण गरिएको सहयोग संकलनमा अगुवाई गर्नुहुने विकेशलाल श्रेष्ठले जानकारी दिनुभएको छ । एकजनाबाट ३ सय रुपैयाँदेखि १० हजार ५ सय रुपैयाँसम्म सहयोग संकलन गर्ने क्रममा ७१ जनाले सहयोग गरेका छन् ।
यसअघि सिविन बाल हेल्पलाइनले पनि मिसन क्षेत्रीलाई सहयोग गरेको थियो । सिविन बाल हेल्पलाइनले हेटौंडा अस्पतालमा उपचाररत अवस्थामा अस्पतालमै पुगी उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेको थियो । टाउकोको भित्रि भागको ३ स्थानमा पिप जमेको देखिएको र उपचारको लागि भरतपुर र काठमाडौंका न्यूरोलोजिस्टहरुसँग कुरा गरेर बालकलाई भरतपुर अस्पताल पठाइएको र उपचारपछि पिपको स्तर कमहुँदै आएको डा. हरि खड्काले बताउनु भयो । उपचार लागत खर्चिलो भएको र उपचारका लागि समस्या भएकाले आप्mनो पहलबाट भर्नादेखि प्रयोगशाला परीक्षणमा केही सकेको सहयोगसमेत गरिएको उहाँले बताउनुभयो ।