परिक्षा दिँदै

हेटौँडाः यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) साधारणतर्फ आज शुक्रबारबाट सकिएको छ । प्राविधिक विषय र ग्रेडवृद्धितर्फ भने चैत २७ गते मात्रै सकिनेछ । मकवानपुर जिल्लामा एसईई शान्तिपूर्ण, सौहार्द वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ ।

चैत १५ गतेबाट सुरु भएको एसईईमा मकवानपुर जिल्लामा ५ हजार ९ सय ७८ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षा फारम भरेका मध्ये पहिलोे दिन एक सय १७ जना अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जानकारी दिएको थियो । मकवानपुर जिल्लामा एक सय ३८ वटा विद्यालयबाट एसईईमा विद्यार्थी सहभागी भएका थिए । मकवानपुर जिल्लामा २६ वटा परीक्षा केन्द्र निर्र्धारण गरिएको थियोे ।