हेटौँडाः ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौँडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पिप्ले सहरी स्वास्थ्य केन्द्रलाई सहयोग गरेको छ । सहकारीले स्वास्थ्य केन्द्रको सेवाग्राही शिशुलाई लक्षित गरी २५ थान सानो ब्ल्यांकेट हस्तान्तरण गरेको छ । मंगलबार सहकारीकी अध्यक्ष जानकी चौधरीले ब्ल्यांकेट हस्तान्तरण गर्नुभएको हो ।