दुर्घटनाग्रस्त एम्बुलेन्स । तस्वीरः पत्रकार एमपी शर्माको फेसबुकबाट ।

हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७, नर्सिङडाँडामा एम्बुलेन्स दुर्घटना भएको छ । मंगलबार साँझ साढे ५ बजेको समयमा सुकौराबाट नर्सिङडाँडातर्फ बिरामी पुर्याएर फर्कने क्रममा सुकौरा स्वास्थ्यचौकीले सञ्चालन गरेको बा प्र ०१–००३ झ ५८०६ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । एम्बुलेन्स चालक मकवानपुरगढी गाउँपालिका–७ का ३७ वर्षीय पेमा रत्न लामाको टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भिर घाइते भएका छन् । घाइते पेमालाई उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चालकको अवस्था गम्भिर रहेको छ ।