हेटौँडाः विभिन्न घटनामा एकै दिन २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक र दोलखामा एकै दिन २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदिमा घाँस काट्न जाने क्रममा जंगलमा लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय सुप्रेन दोङ रहेको प्रहरीले जानकारी दिएको छ ।
दोङ बुधबार बिहान १० बजेको समयमा दुस्कुल जंगलमा घाँस काट्न जाने क्रममा अचानक लडी निगालोको ठुटोले दायाँ आँखामा गोप्न गई टाउकोमा गहिरो चोट लागि घाईते अवस्थामा फेला परेकी थिइन् । घाइते दोङलाई उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौमा लगिएकोमा उपचारको क्रममा बिहीबार दिउँसो ४ बजेर ३१ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको बिगु गाउँपालिका–५, आलडाँडामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ५२ वर्षीय तारा बहादुर बयलकोटी रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बयलकोटी आफ्नै घरदेखी ५०० मिटर पर ओराङगे स्थित गोरेटो बाटोमा मृत अपवस्थामा फेला परेकी थिईन् । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।