फाइल तस्वीर ।

हेटौंडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा जारी जितपुर–सिमरा कप टी–२० क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्लाको क्रिकेट टिम र भैरहवा क्रिकेट टिमबीच हुन लागेको खेल स्थगित भएको छ । बुधबार भैरहवा र जनकपुर क्रिकेट टिमको खेल वर्षाको कारणले प्रभावित भएकाले बिहीबार मकवानपुर र भैरहवाबीचको खेल स्थगित भएको हो ।

प्रतियोगिताअन्तर्गत् मकवानपुरको खेल शुक्रबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।