शिविरमा आँखा परीक्षण गरिँदै । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिका–३, कटुञ्जे स्वास्थ्य चौकी मातहतको कैलाश ग्रामीण आँखा केन्द्रमा निःशुल्क आँखा शिविर भएको छ । मङ्गलबार कैलाश गाउँपालिकाको आयोजनामा भएको शिविरमा ५६ जनाले निःशुल्क आँखा जाँच गरेको सामुदायिक कार्यक्रम संयोजक सुशील सिंहले जानकारी दिनुभयो ।

५६ जनाको आँखा जाँच गर्दा मोतिविन्दु, जलविन्दु, आँखा कमजोर, पर्दाको समस्या देखिएको र ५ जनामा मोतिविन्दुको समस्या देखिएको संयोजक सिंहले जानकारी दिनुभयो । शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । मोतिविन्दु देखिएका ४ जनाको हेटौँडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुँदैछ ।