सांकेतिक तस्वीर ।

हेटौँडाः लागुऔषध गाँजासहित दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–१० नामटार घर भई हाल हेटौँडा–१९ बस्दै आएका २५ वर्षीय मदन तामाङ र ३८ वर्षीय शर्मिला भोलन रहेका छन् ।

शनिबार राती ८ बजेर ४५ मिनेटको समयमा हेटौँडा–११ स्थित सरस्वती चोकमा नवलपुरबाट हेटांँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ७७७७ नम्बरको मोटरसाइकललाई रोकेर सुरक्षाजाँच गर्दा चालक तामाङ र सवार भोलनको साथबाट प्रहरीले २३ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध गाँजासहित दुवैलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।