फाइल तस्बिर

हेटौंडाः विश्व योग दिवसको अवसरमा आज हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पतन्जलि योग जिल्ला समिति मकवानपुरको आयोजनामा तथा छैठौं विश्व योग दिवसको अवसरमा रक्तसंचार केन्द्र हेटौडामा रक्तदान कार्यक्रमको आयोजना भएको हो ।

आज भएको रक्तदान कार्यक्रममा ५ जना महिलासहित २० जनाले रक्तदान गरेका छन् । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर रक्तदान कार्यक्रम गरिएको रक्तसंचार केन्द्र हेटौडा शाखा प्रमुख टंक दहालले बताउनुभयो ।