आँखाको नानी संकलन गरिँदै । फाइल तस्बीर

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ का बासिन्दा राजकुमार श्रेष्ठको आँखाको नानी संकलन गरिएको छ । ४० वर्षीय श्रेष्ठको आँखा सोमबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा संकलन गरिएको अस्पतालका प्रशासकीय प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

हृदयघातको कारण मृत्यु भएको श्रेष्ठको आँखाको नानीको संकलन परिवारको इच्छा र आफन्तको समन्वयमा गरिएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालले हालसम्म २१ वटा आँखाको नानी संकलन गरिसकेको छ । संकलित आँखाको नानी आवश्यक भएको व्यक्ति, नानीमा समस्या भएर दृष्टिबिहीन भएका व्यक्तिलाई वितरण गर्ने गरिन्छ ।