ब्रदर्स प्रिन्टरको निःशुल्क सर्भिस क्याम्पमा तस्वीर

हेटौंडाः ब्रदर्स प्रिन्टर तथा फोटोकपी मेशिनको निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिएको छ । हेटौंडा–४, स्कूलरोडस्थित टोनर हाउसको सहयोगमा बिहीबारदेखि निःशुल्क सर्भिस क्याम्प भएको हो ।

ब्रदर्सको नेपालका लागि आधिकारिक डिलर सागर ग्रुप र हेटौंडाको हेटौंडा प्रिन्टर सपद्वारा क्याम्प सञ्चालन गरिएको छ । क्याम्प आज शनिबारसम्म सञ्चालन हुने प्रिन्टर सपका प्रोपाइटर च्याङ्वा लामाले जानकारी दिनुभएको छ । हरेक वर्ष सर्भिस क्याम्प सञ्चालन गर्ने गरेको ब्रदर्स प्रिन्टरले कोरोनाको कारण विगतमा केही वर्ष क्याम्प सञ्चालन गर्न नसकेको लामाले बताउनुभयो ।

सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्करुपमा प्रिन्ट सर्भिस र पुरानो भ्यालुएसन गराएर नयाँ प्रिन्टिङ मेशिन साट्ने सुविधा दिएको उहाँले बताउनुभयो । क्याम्पको पहिलो दिन १७ जना ग्राहकहरुले सेवा लिएको उहाँको भनाइ छ । निःशुल्क सेवा लिनका लागि ग्राहकहरु मनहरी, बागमती गाउँपालिकाको फापरवारी र बागमती प्रदेश प्रहरी कार्यालयबाट आएका थिए ।

आफूले बिक्री गरेको सामानहरुबाट आफ्नो ग्राहकहरुलाई पनि सेवा सुविधा दिने उद्देश्यले निःशुल्क सर्भिस क्याम्पको आयोजना गरेको उहाँले बताउनुभयो । हेटौंडामा अहिलेसम्म ब्रदर्श प्रिन्टले मात्र यस्तो सेवा सुविधा दिँदै आइरहेको उहाँले बताउनुभयो । शुक्रबार रौतहट, पालुङ र हेटौंडाका विभिन्न ठाउँहरुबाट करिब २३ जना ग्राहकहरु सेवा लिन आएका छन् ।