हेटौंडाः वडा प्रहरी कार्यालय हेटौंडाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर भएको छ । शुक्रबार वडा प्रहरीले महाशिवरात्रीको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा १८५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल प्रहरी रातोमाटे शाखाका स्वास्थ्यकर्मीले सामान्य स्वास्थ्य, प्रेसर चेकजाँच गरेका थिए । प्रहरीले २ सय कार्टुन फ्रुटी, पानीसमेत वितरण गरेको थियो ।
वडा प्रहरीले महाशिवरात्रीको अवसरमा मानिसको भिडभाडलाई ध्यानमा राख्दै पशुपति मन्दिरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । शुक्रबार पशुपति मन्दिरमा ५ हजार जनाको उपस्थिति रहेको थियो । सामुदायिक सेवा केन्द्र बसपार्क र पशुपति सेवा केन्द्रको सहकार्यमा कार्यक्रम भएको हो ।