हेटौँडाः नेपाल स्काउट हेटौँडा उपमहानगरपालिकाको स्थानीय आयुक्तमा अनिल आचार्य मनोनित भएका छन् । नेपाल स्कााउट बागमती प्रदेशका प्रमुख आयुक्त शिब कुमार त्वायनाले आचार्यलाई ११ फागुनमा हेटौंडाको स्काउट आयुक्त मनोनित गरेका हुन् ।
गत २२ माघमा सर्वसम्मत स्थानीय स्काउट परिषद् निर्वााचित भए पनि स्थानीय आयुक्त मनोनित हुन सकेको थिएन । स्काउटको नियमावलीमा स्थानीय स्काउट संरक्षक एवम् पालिका प्रमुखले स्थानीय स्काउट परिषद् सदस्यहरुमध्ये एक जनालाई स्थानीय आयुक्त मनोनित गर्ने व्यवस्था छ । स्थानीय पालिकाबाट मनोनित हुन नसकेमा प्रदेश स्काउट कार्यालयले मनोनित गर्ने व्यवस्थाबमोजिम स्थानीय परिषद् बैठकको सिफारिस अनुसार आचार्यलाई स्थानीय आयुक्त मनोनित गरिएको प्रदेश प्रमुख आयुक्त त्वायनाले जनाएका छन् ।