Home मुख्य समाचार बसाइँ सरी आउनेलाई राक्सिराङले घर दिने

बसाइँ सरी आउनेलाई राक्सिराङले घर दिने

राक्सिराङ गाउँपालिकाले पालिकाले जारी गरेको सुचना

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार दिने भएको छ । गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई घर उपहार कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको हो ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै घर उपहार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । पालिकाको चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रमअनुसार पालिकामा बसाइँ सरी आउनेलाई घर उपहार कार्यक्रममा सहभागी हुन १५ दिनको सूचना निकालिएको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताउनुभयो । यसका लागि पालिकाले विभिन्न मापदण्ड बनाएको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षभित्र पालिकामा बसाइँ सरी आउनेहरुले कार्यक्रममा सहभागी हुनसक्ने उहाँले बताउनुभयो । आवेदन आएपछि छनोट समितिले कार्यक्रमका लागि योग्य छ कि छैन भनेर छानविन गर्ने उहाँले बताउनुभयो । कार्यक्रमका लागि योग्य हुनेहरुलाई पालिकाले प्रतिघर ५ लाख रुपैयाँ पर्ने दुई कोठे घर निर्माण गरिदिने उहाँले बताउनुभयो ।

पालिकाले यो कार्यक्रमका लागि आवेदन संख्याको आधारमा मापदण्ड बनाएर बजेट विनियोजन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताउनुभयो । गाउँपालिकाले बनाइदिएको भवन १० वर्षसम्म बेचविखन गर्न नपाइने र गरेको पाइएमा पालिकाले सामुदायिक भवनको रुपमा प्रयोग गर्ने पनि उहाँले बताउनुभयो ।

Exit mobile version