बिहिबार वडा नम्बर १ मा खोप लगाइँदै ।

हेटौंडाः जेठ २९ गतेदेखि हेटौंडा उपमहानगरक्षेत्रका बालबालिकालाई लगाउन सुरु गरिएको दादुरा रुबेला विरुद्धको खोप भोलि शनिबारसम्म चल्नेछ । आज शुक्रबार वडा नम्बर १ को नकौली स्वास्थ्य केन्द्र, वडा नम्बर ९ को लामसुरे शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १४ को लक्ष्मी चोकमा लगाइँदैछ ।

बिहिबार हेटौंडा उपमहानगरपालिकाका १२ स्थानमा दादुरा रुबेला विरुद्धको खोप लगाइएको थियो । बिहिबार वडा नम्बर १ को नकौली स्वास्थ्य केन्द्र, वडा नम्बर ५ को बालज्योति मावि, वडा नम्बर ८ को कमाने स्वास्थ्य केन्द्र, वडा नम्बर ९ को कुश्माण्ड टोल, वडा नम्बर १० को हेडम्बा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ११ को नवलपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर १३ सनराईन बोर्डिङ, वडा नम्बर १४ नयाँवस्ती, वडा नम्बर १५ को चुरियामाई स्वास्थ्य चौकी, वडा नम्बर १७ को हटिया शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर १८ स्वास्थ्य चौकी हर्नामाडीको भवन र वडा नम्बर १९ को नेवारपानी शहरी स्वास्थ्य केन्द्रमा खोप लगाइएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा स्वास्थ्य शाखाले जनाएको छ ।

जेठ २९ गतेदेखि सुरु भएको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ । ९ महिनादेखि ५ वर्षसम्मका हेटौंडा उपमहानगरपालिकाका ११ हजार बालबालिकालाई खोप लगाइने बताइएको छ ।