हेटौँडाः हेटौँडा–१२ स्थित पशुपति मन्दिरमा शिव पुराण सुरु भएको छ । ११ दिनसम्म वाचन गरिने पुराणको मंगलबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तोकबहादुर अधिकारीको अध्यक्षता तथा नगरप्रमुख लामाको प्रमुख आतिथ्यमा शिव पुराणको उद्घाटन समारोह भएको हो । उद्घाटन समारोहमा कार्यवाहक वडाअध्यक्ष ज्ञानबहादुर श्रेष्ठको पनि आतिथ्य रहेको थियो । शिव मन्दिरको भौतिक विकासका लागि आर्थिक सहयोेग समेत संकलन गर्ने उद्देश्यले पुराण वाचनको कार्यक्रम गरिएको मन्दिरका संरक्षक नारायणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।