Home मुख्य समाचार हेटौँडा–५ बाट तास खेल्ने ९ जना पक्राउ

हेटौँडा–५ बाट तास खेल्ने ९ जना पक्राउ

सांकेतिक तस्वीर ।

हेटौँडाः तास खेल्ने ९ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयले शनिबार साँझ ५ बजेको समयमा हेटौँडा–५, चिसापानीस्थित शोभा कुईकेलको घरमा तास खेल्दै गरेका ९ जनालाई नगद ६७ हजार दुई सय ८० रुपैयाँसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हेटौँडा–५, चिसापानीका ३५ वर्षीय राकेश शिवाकोटी, ४० वर्षीय पवन कुमार रायमाझी, ५१ वर्षीय देव नारायण उप्रेती, ४३ वर्षीय सहदेव तिमल्सिना, ४४ वर्षीय रमेश कोईराला, ५५ वर्षीय खड्क गोले, ४८ वर्षीय कुमार थापा, ३८ वर्षीय रोशन रायमाझी र ५१ वर्षीय मनोहर पौडेललाई पक्राउ गरेको हो ।

Exit mobile version