हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ स्थित साहित्य संगम मकवानपुरको सभाहलमा ३४० औँ नियमित साहित्य सन्ध्या सम्पन्न भएको छ । सन्ध्यामा तुलसी घिमिरेले लेख्नुभएको कविता संग्रह माटोको मोह लोकापर्ण समारोह भएको हो ।

माटोको मोहका लेखक घिमिरेका अनुसार पुस्तकभित्र ४२ वटा कविताहरु छन् । कविताहरु कुनै छोटो र कुनै लामो रहेको उहाँले जानकारी दिनुभयो । देश बाहिर जानेहरुलाई देशभित्र आएर केहि गर्नुपर्ने, आफ्नो देशकोे माटोलाई माया गर्नुपर्छ भन्ने धारणाले यो पुस्तक लेखेको उहाँले जानकारी दिनुभयो ।
विद्यालय तहका विद्यार्थीहरुबीच कथा प्रतिस्पर्धा गराएर उत्कृष्ट हुने विद्यार्थी समर्पण न्यौपानेलाई शेषजङ स्मृति कथा पुरस्कारबाट ५ हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरी निबन्धमा उत्कृष्ट हुने सुजिताकुमारी विश्वकर्मालाई णकुमारी स्मृति साहित्य पुरस्कारबाट ५ हजार रुपैयाँ नगद राशिसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

कार्यक्रम हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको थियो । अग्रज साहित्यकार आरसी रिजालको आतिथ्यरहेको कार्यक्रममा ७ जनाले कविता वाचन र १ जनाले गजल वाचन गरेका थिए ।