हेटौंडाः विश्वविख्यात बेलायती फुटबल लिग इंग्लिस प्रिमियर लिग आजबाट सुचारु हुँदैछ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मार्च महिनाको १० तारेख यता रोकिएको खेल आज रातीदेखि सुचारु हुन लागेको हो । यसअघि जर्मन, स्पेनिस, इटालियन लिग सुचारु भइसकेको छ ।
आज एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेलबाट प्रिमियर लिग सुचारु हुन लागेको हो । दर्शकविहिन भिल्ला पार्क स्टेडियममा आज राती नेपाली समयअनुसार पौने ११ बजे खेल सुरु हुनेछ । लिगमा अन्तिम दुईमा रहेको एस्टन भिल्लाले लिगको छैठौं स्थानमा रहेको सेफिल्ड युनाइटेडको सामना गर्न लागेको हो । आजै राती १ बजे म्यान्चेस्टर सिटीले आर्सनलको सामना गर्नेछ ।