हेटौँडाः बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चितवन जिल्लाको माडी नगरपालिकास्थित सोमेश्वर माध्यमिक विद्यालयमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सचेतनाअन्तर्गत अग्नि नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्य गरेको छ ।
मन्त्रालयका सचिव ध्रुव गैंडाको अध्यक्षता तथा माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महताको प्रमुख आतिथ्यमा अग्नि नियन्त्रण अभ्यास गरिएको हो । विद्यार्थी, शिक्षक, स्थानीयको उपस्थितिमा अग्नि नियन्त्रण अभ्यास गरिएको हो । अग्नि नियन्त्रणको अभ्यास हेरेपछि विद्यार्थीले पनि अग्नि नियन्त्रणको अभ्यास गरेका थिए ।